Searching...
Sunday, May 24, 2015

दारी राख्दा पुरुषलाई यस्तो खतरा हुनसक्ने !

4:25 AM
प्रायजसो पुरुषहरुलाई दारी राख्न मनपर्छ । नेपाली समाजमा पनि मन पराएर अथवा आफ्नो फेसनको लागि दारी पाल्ने गरेका पुरुषहरु धेरै छन् । तर, त्यही दारी मानिसका लागि एकदम नराम्रो घातक वस्तुको रुपमा मानिएको छ । दारी राख्ने पुरुषलाई विभिन्न किसिमका किटाणुहरुले रोग संक्रमण गराउन सहयोग गर्ने एक अध्ययनले पत्ता लगाएका छ । शोधकर्ताहरुले आफ्नो अध्ययनको क्रममा दारी पाल्ने पुरुषलाई विभिन्न रोग लाग्न सक्ने पत्ता लगाएका छन् । दारी पाल्ने व्यक्तिलाई स्टेफलोकोकस नामक खतरनाक ब्याक्टेरीयाको संक्रमण हुनसक्ने पत्ता लगाएका छन् । दारी किटाणुहरुको लागि सुरक्षित क्षेत्र हो । दारी पाल्ने व्यक्ति दारी काट्ने पुरुषको तुलनमा बढि बिरामी हुने देखिएको पनि छ । आफ्नो अनुहारमा होस् वा नाक भित्रका रौं दुवै किटाणुको संक्रमणको लागि खतरा रहेको पाइन्छ ।

0 comments:

Post a Comment